डिआईजी सानुराम भट्टराईद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण, कञ्चनपुरको स्थलगत निरीक्षण तथा अवलोकन
निरीक्षण भ्रमणको क्रममा उहाँले गण अन्तर्गतका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै भीड नियन्त्रण अभ्यासको निरीक्षण गर्नुभयो। साथै, गणको समग्र कार्यसम्पादन, सुरक्षा व्यवस्थापन, तालिम तथा तयारी अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्रोत–साधन, व्यवस्थापन तथा संगठनात्मक गतिविधिहरूको समेत अवलोकन गर्नुभयो।
उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै व्यावसायिकता, अनुशासन, उच्च मनोबल तथा जिम्मेवारीपूर्ण कार्यसम्पादनमार्फत संगठनको गरिमा अभिवृद्धि गर्न निर्देशन दिनुभयो। साथै शान्ति सुरक्षा कायम राख्न, विपद् तथा विशेष परिस्थितिमा प्रभावकारी रूपमा परिचालन हुन र नागरिकमैत्री सेवाप्रवाहलाई थप सुदृढ बनाउन सदैव तयारी अवस्थामा रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आवश्यक निर्देशन दिनुभयो। Bhattarai San
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


