डिआईजी ओम अधिकारीद्वारा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान तथा शुभकामना व्यक्त
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह, संचार तर्फका हवल्दार पदबाट वरिष्ठ हवल्दार पदमा बढुवा हुनुभएका अनन्त गुर्मछान, सहायक हवल्दार पदबाट हवल्दार पदमा बढुवा हुनुभएका डेकेन्द्र साह र सवारी तर्फका प्रहरी जवान पदबाट सहायक हवल्दार पदमा बढुवा भएका कल्याण बाबु यादवलाई मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओम प्रसाद अधिकारीले दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा एसएसपी प्रभु प्रसाद ढकाल, एसपी भेषराज रिजाल, डिएसपीहरु, इन्सपेक्टरहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा निर्देशन सम्बोधन दिदैँ डिआईजी अधिकारीले बढुवा भएका प्राविधिक प्रहरी बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दारलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागि राज्य, संगठन र जनता प्रति अनुग्रहित हुँदै कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।

