लमजुङका प्रमुख सई गौतम बहादुर खत्री जेठ महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतम बहादुर खत्रीलाई २०८३ साल जेठ महिनाको “सर्वोत्कृष्ट ट्राफिक प्रहरी” घोषित गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका कार्यालय प्रमुख गोविन्दराज काफ्लेले सर्व उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरी पुरस्कृत गरेका छन्।
उहाँले जेठ महिनाको “सर्वोत्कृष्ट ट्राफिक प्रहरी” घोषित हुनुभएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

