डिआईजी सानुराम भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी सानुराम भट्टराईले कार्यालय अन्तर्गतका विभिन्न शाखाहरू, प्रहरी गतिविधि, अभिलेख व्यवस्थापन, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सम्बन्धी कार्यहरूको निरीक्षण तथा अवलोकन गर्नुभएको थियो। साथै, कार्यालयको समग्र कार्यसम्पादन, सेवा प्रवाह तथा सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी लिनुभएको थियो।
निरीक्षण पश्चात् आयोजित सम्बोधन कार्यक्रममा उहाँले प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री तथा व्यावसायिक सेवा प्रवाहमा विशेष ध्यान दिन, जनगुनासोको तत्काल सम्बोधन गर्न, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन, अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग बढाउन, फरार प्रतिवादी पक्राउ तथा अपराध नियन्त्रणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभयो।
साथै, नागरिकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सेवाग्राहीप्रति शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार गर्न तथा संगठनको गरिमा उच्च राख्ने गरी इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। Bhattarai San
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


