डिआईजी भूपेन्द्र खत्रीद्वारा स्वागत तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा/काज भई हाजिर भएका सिनियर प्रहरी अधिकृतहरूलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेशको आर्मब्याज लगाई लुम्बिनी प्रदेशमा स्वागत गर्नु भएको छ ।
साथै, प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह अन्तर्गत प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा नियुक्ति हुनु भएका प्राविधिक प्रहरी सहायक हवल्दारहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ।
उक्त अवसरमा डिआईजी भूपेन्द्र बहादुर खत्रीले पदोन्नति हुनुभएका प्राविधिक प्रहरी सहायक हवल्दारहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनप्रति समर्पित भई व्यावसायिक, अनुशासित तथा कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


