आँबुखैरेनी तेलको ट्याङ्कर र मालबाहक ट्रक एकआसमा ठोकिँदा ठूलो दुर्घटना
तनहुँको आँबुखैरेनी पावरहाउस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउँदै गरको मधेस प्रदेश ०३ – ००१ क.२७०० नं तेल बोक्ने ट्याङकर र बिपरित दिशा तर्फ जाँदै गरेको ना.५ ख.७७७५ नं को मालबाहक डिब्बा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा तेल ट्याङकर चालक लमजुङ सुन्दरबजार न. पा.९ बस्ने बर्ष ४३ को हरी बहादुर घर्ती दाँया खुट्टामा भित्री चोट सामान्य र डिब्बा ट्रक चालक जिल्ला धादिङ नौबिसे न.पा.८ बस्ने बर्ष ३९को गौतम श्रेष्ठ दाँया हातमा चोट लागेको अवस्थामा घाईते भई ऑबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधन घटनास्थलमा रहेको, बाटो दुबै तर्फ अबरोध भएको र इन्सपेक्टर प्रदिप सुबेदीको कमाण्डमा ट्राफिक सहित १५ जनाको टोली खटी बाटो खुलाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिका घिमिरेले बताए ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


