न्यूयोर्कमा आयोजित कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेर आईजीपी दान कार्की आज नेपाल फर्किनुभयो
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा आयोजित पाँचौं “United Nations Chiefs of Police Summit (UNCOPS)2026” मा सहभागी हुनु भई नेपाल फर्कनुभएको छ।
उहाँको नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले औपचारिक रूपमा स्वागत गर्नुभयो।

