नेपाल प्रहरी श्रीमतीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण महिनाको पहिलो सोमबार पशुपतीनाथको मन्दिर परिसरमा पाल्नुहुने भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी नविना खत्री कार्की प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, संघका महासचिव श्रीमती अन्जु कार्की, कार्यसमितिका पदाधिकारीहरु र प्रहरी कर्मचारीहरु समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा २०० जना श्रदालु भक्तजनहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएका थिए ।

