७१औँ प्रहरी दिवसको अवसरमा भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न
७१औँ प्रहरी दिवसको अवसरमा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुरको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहकार्यमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए।

