एसएसपी सुबास बोहराको सक्रियतामा लागूऔषध नियन्त्रण अभियान तीव्र, कारोबारी धमाधम पक्राउ
लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुबास चन्द्र बोहराको नेतृत्वमा लागूऔषधविरुद्धको अभियानलाई तीव्रता दिएको छ। ब्युरोले पछिल्लो समय निरन्तर सञ्चालन गरेका अपरेसनका क्रममा लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गरिरहेको छ।
लागूऔषध कारोबार नियन्त्रणका क्रममा ब्युरोले आवश्यकताअनुसार गोली प्रहार तथा हवाई फायरसमेत गरी विभिन्न अपरेसन सञ्चालन गरेको छ। यस्ता कारबाहीबाट लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।
एसएसपी बोहराको सक्रियतामा ब्युरोले लागूऔषध कारोबार नियन्त्रण, कारोबारीको पहिचान तथा पक्राउ अभियानलाई निरन्तरता दिएको छ।

