अवकाश प्राप्त वरिष्ठ सई रेस बस्नेतलाई एसएसपी सुरेश काफ्लेद्वारा भव्य बिदाइ
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, सञ्चार शाखामा कार्यरत प्रहरी वरिष्ठ सई रेसबहादुर बस्नेतले सेवा अवधिका आधारमा अनिवार्य अवकाश प्राप्त गर्नुभएको अवसरमा कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेको उपस्थितिमा भव्य बिदाइ कार्यक्रम सम्पन्न ।
कार्यक्रममा एसएसपी काफ्लेले अवकाश प्राप्त गर्नुभएका बस्नेतलाई आगामी जीवन सुखमय, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।

