पोखरा। नेपालको अग्रणी ई–कमर्स प्लेटफर्ममध्ये एक शुभादिप स्टोर ले Upaya Fulfillment सँग करिब एक वर्षदेखि जारी रहेको सफल सहकार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
कम्पनीका अनुसार यस अवधिमा Upaya Fulfillment ले ग्राहकका अर्डरहरू समयमै, सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्याउँदै उच्चस्तरीय सेवा प्रदान गरेको छ। सेवा प्रवाहमा देखिएको व्यावसायिकता, समयपालन, जिम्मेवारी तथा ग्राहकप्रतिको प्रतिबद्धताले Shubadip Store को वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको कम्पनीले जनाएको छ।
Shubadip Store का अनुसार, पछिल्लो एक वर्षमा प्राप्त ग्राहक प्रतिक्रिया (Delivery Reviews) मध्ये करिब ९८ प्रतिशत सकारात्मक रहेका छन्। कम्पनीले यस उपलब्धिलाई Upaya Fulfillment को गुणस्तरीय सेवा, प्रभावकारी कार्यसम्पादन तथा निरन्तर समर्पणको परिणामका रूपमा लिएको जनाएको छ।


