सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी अपराध अनुसन्धान तालिम सम्पन्न
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालित १६ कार्यदिन अवधिको ‘सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानीसम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम’ आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक कोमल शाहले तालिमसम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथि तथा कार्यकारी निर्देशक एआईजी राजन अधिकारीले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आवश्यक निर्देशनसहित सम्बोधन गर्नुभएको थियो।

