बडादसैँको शुभकामना दिँदै सशस्त्र प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न आईजीपी पौडेलको निर्देशन
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई बडादसैँको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले चाडपर्वको समयमा आन्तरिक सुरक्षा तथा सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, लागूऔषध तथा अन्य अवैध गतिविधिको रोकथाम, महत्त्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रको सुरक्षा, विपद् जोखिम न्यूनीकरण, खोज, उद्धार तथा राहतलगायत सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त कार्यादेशअन्तर्गतका सम्पूर्ण जिम्मेवारी उच्च सतर्कता, व्यावसायिकता, अनुशासन र समर्पणका साथ निर्वाह गर्न निर्देशन दिनुभयो।

