एसएसपी दिलिप घिमिरेको टोलीद्वारा खुंखार अपराधीलाई गोली हानी पक्राउ गर्न सफल
जेनजी आन्दोलनको बेला फरार रही चोरी, डकैती र ठगीमा संलग्न रहेको व्यक्तिलाई पक्राउ गर्न विशेष टोलीहरू परिचालन गरी भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेको कमान्डमा उपत्यकामा शान्ति सुरक्षा चुस्त राख्न र अपराध नियन्त्रण गर्न सक्रियताका साथ अपरेशनहरू सञ्चालन भइरहेको छ ।
हालैका दिनहरूमा एसएसपी घिमिरेको कमान्डमा विभिन्न फरार प्रतिवादीहरू, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू र प्रहरीको नाममा ठगी गर्ने नक्कली अधिकारीहरूलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउन ठुलो सफलता हासिल गरेको छ ।

