लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा दसैँको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम
नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा शुभकामना आदानप्रदान, जन्मोत्सव, पुरस्कार वितरण, सामूहिक रात्रिभोज तथा सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा असोज महिनामा जन्मदिन पर्ने प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरूको जन्मोत्सव मनाइएको थियो।
सोही अवसरमा ‘बेस्ट इन्स्ट्रक्टर अफ द मन्थ’ र ‘बेस्ट ट्रेनी अफ द मन्थ’ लगायतका पुरस्कारसमेत वितरण गरिएको थियो।

