दसैँमा यात्रुको सुरक्षाका लागि बुटवलमा तालिमप्राप्त कुकुरसहित विशेष जाँच
दसैँ मनाउन घर फर्किने यात्रुको सुरक्षा सुनिश्चित गर्न प्रहरीले बुटवलका बसपार्क, चौराहा र गोलपार्क क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरी विशेष जाँच गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नेत्र बुढाको नेतृत्वमा खटिएको टोलीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहयोगमा बसभित्र तथा डिक्कीमा राखिएका सामान जाँच गरेको हो।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जाँच गरिएको प्रहरीले जनाएको छ।

