आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी प्रभाग काँडाघारीको पुनर्निर्माण सम्पन्न भवन हस्तान्तरण
आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी प्रभाग काँडाघारीको भवन पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त प्रहरी प्रभागको भवन स्थानीय तह, टोल सुधार समिति र विभिन्न संघसंस्थाको सहयोगमा मर्मत तथा निर्माण गरिएको हो।
आईजीपी दान बहादुर कार्कीले भवन निर्माणमा बहुमूल्य योगदान पुर्याउने विभिन्न सहयोगी हातहरू, स्थानीय प्रतिनिधिहरू तथा संघ-संस्थाका पदाधिकारीहरूलाई कदरपत्रद्वारा सम्मानित गरिएको छ।

