हराएका मोबाइलहरू खोजेर सम्बन्धित धनीलाई फिर्ता गर्दै इन्स्पेक्टर गङ्गा बुढाथोकी
काठमाडौँ जिल्ला प्रहरी परिसरले विभिन्न मिति, समय र स्थानबाट हराएका मोबाइल फोनहरू तीव्रताका साथ खोजतलास गरी फेला पारेको छ।
फेला पारिएका उक्त मोबाइलहरू एक कार्यक्रमका बीच इन्स्पेक्टर गङ्गा बुढाथोकीद्वारा सम्बन्धित मोबाइल धनीहरूलाई हस्तान्तरण गरिएको छ।
आफ्नो हराएको सम्पत्ति फिर्ता पाउँदा नागरिकहरूले नेपाल प्रहरीप्रति विशेष आभार प्रकट गर्नुभएको छ। नेपाल प्रहरी नागरिकको जीउधनको सुरक्षामा सदैव तत्पर छ ।

