डिआईजी शेखर खनाललाई उद्धार कार्यमा परिचालित प्रहरी कर्मचारीहरुलाई आवश्यक सामग्री प्रदान
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न जिल्लाहरुमा सडक, पुल, पूर्वाधार लगायत ठुलो मानवीय एवं भौतिक क्षति भई खोज उद्धार तथा विपद व्यवस्थापन कार्यमा अग्रपंक्तिमा परिचालित प्रहरी कर्मचारीहरुका निम्ति आवश्यक पर्ने हेण्ड ग्लव्स, गमबुट र माक्सहरु स्वतः स्फुर्त रुपमा सहयोग स्वरुप मोरङ उद्योग व्यापार संघ, अनपूर्ण जुत्ता चप्पल उद्योग दुहवी, म्याजिक फुट वेयर दुहवी, समाजसेवी लगायत अन्य संघसंस्थाहरुबाट विपद उद्धारका निम्ति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण भएको निम्न अनुसारको सामग्रीहरु नेपाल प्रहरी प्रधान कार्यालय मार्फत उद्धार कार्यमा खटिएका प्रहरी कर्मचारीहरुले प्राप्त गर्ने गरी पठाईएको छ ।
सामग्रीहरुः
१. मोरङ उद्योग बाणिज्य संघ – हेण्ड ग्लव्स- ४०० जोर, गमबुट-३८४ जोर ।
२. अन्नपुर्ण जुत्ता चप्पल उद्योग प्रा.लि. दुहबी- गमबुट-७२० जोर ।
३. म्याजिक फुट वेयर दुहवी- गमबुट १४४ जोर ।
४. उत्सव सप्लायर्स विराटनगर- गमबुट-१०० जोर ।
५. दिपेश खतिवडा (समाज सेवी)- माक्स- १०७ कार्टुन (२,५६,८०० पिस) ।

