कठिन परिस्थितिमा पनि उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नु नै एक असल अभिभावकको सबैभन्दा ठूलो पहिचान हो।
आईजीपी दान कार्की आफै बाढी प्रभावित क्षेत्रहरूमा पुगेर अहोरात्र खटिएका प्रहरीहरूको हौसला बढाउन र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन रसुवा पुग्नुभएको थियो । यस्तो बेलामा गाली गर्ने, दबाब दिने वा कमजोरी औंल्याउनुको सट्टा सहानुभूतिपूर्वक ढाडस दिनु, आत्मबल बढाउनु र “म तिम्रो साथमा छु” भन्ने विश्वास दिलाउनु नै असल अभिभावकत्व (Good Parenting/Leadership) हो।
आईजीपी कार्की आफैं बाढी प्रभावित क्षेत्रमा पुगेर नेपाल प्रहरीले सञ्चालन गरिरहेको खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरण कार्यको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ. उहाँले उद्धार टोलीलाई उच्च मनोबलका साथ पारदर्शी रूपमा कार्य गर्न निर्देशित गर्दै प्रहरीको हौसला बढाउनुभएको छ ।
संगठनको तल्लो तहका कर्मचारीहरूको समस्यालाई नजिकबाट नियाल्ने र उनीहरूको मनोबल उच्च राख्न नीतिगत तथा व्यावहारिक रूपमा अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै प्रहरी वृत्तमा उनको प्रशंसा हुने गरेको छ।

