विराटनगरको राधाकृष्ण रथयात्रालाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरीको कडा सुरक्षा व्यवस्थापन
विराटनगरमा सम्पन्न भएको ५९औँ ऐतिहासिक राधाकृष्ण रथयात्रा २०८३ लाई सुरक्षित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको थियो भने एसपी कवित कटुवाल उक्त रथयात्राको कमाण्ड गर्नुभएको थियो ।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन ठूलो संख्यामा प्रहरी कर्मचारीहरू ड्युटीमा खटिएका थिए । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) शेखर खनालले सुरक्षा टोलीलाई विशेष ब्रिफिङ गर्नुभएको थियो ।

