इन्स्पेक्टर अर्जुन पौडेल दुबईमा आयोजना हुने “IACP/UAE Ministry of Interior Police Academy Exchange Program” मा सहभागी हुन जान लाग्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना
मित्र राष्ट्र संयुक्त अरब इमिरेट्स (UAE) मा सञ्चालन हुने ‘IACP/UAE Ministry of Interior Police Academy Exchange Program’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लाग्नु भएका प्रहरी इन्सपेक्टर अर्जुन पौडेललाई एक विशेष समारोहका बीच बिदाई ।
इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक पौडेललाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहर प्रसाद भट्टले मायाको चिनो प्रदान गर्नुभएको थियो। सो अवसरमा एसपी भट्टले उहाँको आगामी वैदेशिक तालिमको सफलता तथा व्यावसायिक कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै “बिदाई तथा फेरि भेटौँला” कार्यक्रम सम्पन्न गर्नुभयो।

