एआईजी राठौरको प्रमुख आतिथ्यमा इचंगुनारायण सामुदायिक सेवा केन्द्रको १९औँ वार्षिक साधारण सभा सम्पन्न ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणको १९औँ वार्षिक साधारण सभा उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा एआईजी राठौरले समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै लागूऔषध, साइबर अपराध तथा अनलाइन ठगी नियन्त्रणमा समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा अध्यक्ष प्रताप दानीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त सभामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरे, नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारी, प्रहरी वृत्त स्वयम्भुका कार्यालय प्रमुख मोहनमणि अधिकारी,जनप्रतिनिधि, स्थानीय अगुवा तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

