“Police Baton” अन्तर्गत एआईजीसहितको टोलीद्वारा उपत्यका प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३ को पूर्व निर्धारित कार्यक्रम अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
“कार्यदक्षता मूल्याङकन (Police Baton) २०८३” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो ।
निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको अवलोकन तथा निरीक्षण गर्नुका साथै कार्यालयको समग्र काम कारवाहिको सम्बन्धमा प्रहरी उपरीक्षक नरहरी रेग्मीले प्रस्तुतीकरण गर्नु भएको थियो ।
अनुगमन तथा निरीक्षण पश्चात केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक शाहले उपस्थित कर्मचारीलाई निर्देशन दिदै काठमाडौं उपत्यका देशको राजधानी शहर समेत भएकाले यहाँ कार्यरत प्रहरी कर्मचारीहरु हरेक समया घटन सक्ने घटनाको पुर्व मुल्याकंन गरी तदारुक्ताका साथ कार्य गर्न साथै निरीक्षणको समयमा मात्र नभई ३६५ दिननै आफ्नो कर्तव्यको रुपमा लिई अभिलेख व्यवस्थापन र कार्यालयको सर-सफाईमा विषेश ध्यान दिन निर्देशन दिनुभयो ।

