प्रहरी कार्यदक्षता मूल्याङ्कनमा एआईजीसहित खटिएको टोलीद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन)–२०८३ का अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण, भ्रमण तथा अनुगमन गरिएको छ।
२०८३ भदौ २४ गते नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह नेतृत्वको टोलीले कार्यालयको निरीक्षण तथा अनुगमन गरेको हो।
निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहसहित टोलीमा सहभागी प्रहरी अधिकृत तथा कर्मचारीहरूले कार्यालयबाट सम्पादन हुँदै आएका ट्राफिक व्यवस्थापन, सेवा प्रवाह, अभिलेख व्यवस्थापन तथा अन्य कार्यहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो।

