एसपी पवन भट्टराईले मातहतका विभिन्न कार्यालयहरूको निरीक्षण तथा अनुगमन
पर्सा जिल्ला प्रहरी प्रमुख एसपी पवन भट्टराईद्वारा मातहत इलाका प्रहरी कार्यालय पोखरिया, भिष्वा बञ्जारी, वडा प्रहरी कार्यालय श्रीपुर र पर्यटक प्रहरी कार्यालय वीरगञ्जको भ्रमण तथा अनुगमन ।
एसपी पवन भट्टराईले आफ्नो मातहतमा रहेका विभिन्न प्रहरी कार्यालयहरूको स्थलगत भ्रमण तथा अनुगमन गर्नुभएको छ।शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न र नागरिक केन्द्रित प्रहरी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले उहाँले निरीक्षण गर्नुभएको हो।
अनुगमनका क्रममा उहाँले कार्यरत प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ इमानदार र व्यावसायिक भएर कर्तव्य पालना गर्न निर्देशन दिनुभयो। साथै, स्थानीय नागरिकहरूसँग समन्वय गरी अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्न विशेष जोड दिनुभएको छ।

