आईजीपी दानकार्कीद्वारा प्रहरी वृत्त गौशालाको नवनिर्मित भवनको उद्घाटन
प्रहरी महानिरीक्षक दान कार्कीले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी वृत्त गौशालाको पूर्णनवनिर्मित भवनको समुद्घाटन गर्नुभएको छ। जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको यस कार्यालयको पुनर्निर्माण स्थानीय नागरिकहरूसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।
भदौ २३ को आन्दोलनका क्रममा उपत्यकाका अन्य थुप्रै प्रहरी संरचनासँगै यो वृत्तको भवनमा पनि व्यापक तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति पुर्याइएको थिय ।

