गृह सचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण
निरीक्षणका क्रममा उहाँले संगठनको समग्र कार्यसम्पादन, सुरक्षा तथा परिचालन अवस्था एवं विपद् व्यवस्थापन सम्बन्धी तयारीबारे विस्तृत जानकारी लिनुभयो।
साथै गृह सचिव शर्माले सशस्त्र प्रहरी संगठनको सुदृढीकरण, शान्ति सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनका विषयमा कुराकानी गर्दै सीमित स्रोतसाधनका बाबजुद प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। साथै उहाँले नागरिकका अपेक्षाहरूलाई सम्बोधन गर्दै थप सजग, सचेत र इमानदार भई जिम्मेवारी पूरा गर्न निर्देशन समेत दिनुभएको छ ।

