माइतीको आँगन बिर्सेर पशुपतीमा नागरिकको सुरक्षा र सेवामा खटिने महिला प्रहरीहरू
तीजको पावन अवसरमा आफ्नो घरपरिवार, माइतीको आँगन र व्यक्तिगत खुसीलाई थाती राखेर नागरिकको सुरक्षा र सेवामा अहोरात्र खटिने महिला प्रहरीहरूको त्याग र समर्पण वास्तवमै अनुकरणीय र प्रशंसनीय छ ।
आजको दिन धेरै महिलाहरू व्रत बस्न, पूजाआजा गर्न र परिवारसँग खुसी साट्न व्यस्त रहँदा, यी राष्ट्रसेवक महिला प्रहरीहरू भने पशुपतिनाथ क्षेत्र लगायतका भीडभाड हुने स्थानहरूमा सुरक्षा व्यवस्था चुस्त राख्न र दर्शनार्थीको सेवा गर्न कार्यक्षेत्रमा तैनाथ छन्। आफ्नो चाडपर्व भन्दा नागरिकको सुरक्षा र कर्तव्यलाई माथि राख्ने उहाँहरूको यो भावनाले समाजमा महिला शक्तिको सबल उपस्थितिलाई त झल्काउँछ नै, साथै देशभक्तिको एक उत्कृष्ट उदाहरण पनि प्रस्तुत गर्दछ।

