डिआईजी ओम अधिकारीद्वारा अनुगमन, निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय रौतहटको विभिन्न प्रहरी युनिटहरूको स्थलगत अनुगमन, निरीक्षण तथा उत्कृष्ट कार्यका लागि निर्देशन दिनुभएको छ ।
डिआइजी अधिकारीले भ्रमण र निर्देशन कार्यक्रमको मुख्य उद्देश्य मातहतका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनु र स्थानीय शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत पार्नु रहेको बताउनुभयो ।
निरीक्षणको क्रममा डीआइजी अधिकारीले इ.प्र.का.गंगा पिपरा, इ.प्र.का.बन्जरहा, प्रहरी चौकी माधोपुर, प्रहरी चौकी बेलविछवा, प्रहरी चौकी औराही, प्रहरी चौकी मिठहवा मठिया, प्रहरी चौकी जयनगर जोकहा, प्रहरी चौकी सरमुजवा बंकुल, रौतहटका प्रहरी युनिटहरु र इ.प्र.का सिम्रौनगढ बाराको अनुगमन, निरीक्षण तथा निर्देशन सम्बोधन गर्नु भएको छ ।

