एसपी बसुन्धरा खड्काद्वारा झापा जिल्लामा कार्यरत महिला प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्काले झापा जिल्ला तथा मातहतका कार्यालयहरूमा कार्यरत महिला प्रहरी कर्मचारीहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रम एक महत्त्वपूर्ण र सकारात्मक विभागीय प्रयास हो।
कार्यक्रममा महिला प्रहरी कर्मचारीहरूको पेशागत जिम्मेवारी, कार्यस्थलमा भोग्नु परेका चुनौती, अनुभव आदान–प्रदान तथा मनोबल अभिवृद्धिका विषयमा आत्मीय तथा रचनात्मक अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमले प्रहरी कर्मचारीहरूबीच आपसी सद्भाव, एकता, सहकार्य र आत्मीयता अझ प्रगाढ बनाउँदै उत्साहपूर्वक सेवा प्रवाह गर्न थप ऊर्जा प्रदान गरेको छ ।
“सद्भाव, एकता र सहकार्य—प्रभावकारी प्रहरी सेवाको आधार ।

