सुनसरीका एसपी पुष्पराज मल्लद्वारा मातहत कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लले इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र प्रहरी चौकी पानबारीको विशेष निरीक्षण गर्नुभएको छ ।
निरीक्षणपश्चात उहाँले मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई शान्ति सुरक्षा चुस्त राख्न र नागरिकमैत्री सेवा प्रवाह गर्न महत्त्वपूर्ण निर्देशन दिनुभएको छ ।

