अरूको आँगनमा खुसीको उज्यालो छर्न आफ्नो चाडपर्व, परिवार र उमङ्गलाई थाती राखेर कार्यक्षेत्रमा खटिने सम्पूर्ण दिदीबहिनीहरू प्रति उच्च सम्मान र सलाम !
चाडबाडको बेला जब सबैजना परिवारसँग रमाइलो गरिरहेका हुन्छन्, तब सुरक्षाकर्मी दिदीबहिनीहरू भने सडक, चोक र संवेदनशील क्षेत्रहरूमा अहोरात्र खटिएर हामी सबैको सुरक्षा सुनिश्चित गरिरहनु भएको हुन्छ। एकातिर तिजको व्रत, गीत र उमङ्गको सामाजिक परिवेश, अर्कोतिर देश र जनताप्रतिको कठोर कर्तव्य—यी दुवैलाई सँगै निभाउनु साँच्चै नै गर्वको कुरा हो।

