एसएसपी सुरेश काफ्लेद्वारा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेद्वारा विभिन्न समयमा हराएका तथा चोरी भएका २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
सवारी साधन बुझ्ने क्रममा धनीहरूले आफ्नो गुमेको सम्पत्ति र खुसी फिर्ता गराइदिएकोमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रति विशेष आभार प्रकट गरेका थिए।
ट्राफिक प्रहरीले आफ्ना सवारी साधन सुरक्षित राख्न ह्विल लक, डिस्क लक जस्ता सुरक्षा उपकरणको प्रयोग गर्न र हराएमा तुरुन्तै ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

