एसपी रंजित सिंह राठौरको प्रमुख आतिथ्यतामा घुम्ती प्रशिक्षण तालिम सम्पन्न
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका कार्यालयमा कार्यरत ३५ जना प्रहरी बरिष्ठ हवल्दारदेखि प्रहरी जवान सम्मको सहभागितामा सञ्चालित ६ कार्यदिनको घुम्ती प्रशिक्षण तालिम आज सफलता पूर्वक सम्पन्न भएको छ ।
“आधारभूत प्रहरी कारवाही विधि विशेष अनुशिक्षण” नाम दिइएको उक्त तालिमको समापन समारोह जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी रंजित सिंह राठौरको प्रमुख आतिथ्यतामा सम्पन्न ।
कार्यक्रमका दौरान प्रमुख अतिथि राठौरले तालिम सफलतापूर्वक पूरा गर्ने प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र वितरण गर्नुका साथै कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक खटिन आवश्यक निर्देशन समेत दिनुभएको छ ।

