एसपी जनक शाहीको प्रमुख आतिथ्यतामा नागरिक सुनवाई कार्यक्रममा सम्पन्न
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी जनक बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न नागरिक सुनवाई कार्यक्रममा स्थानीय नागरिक र प्रहरीबीचको सम्बन्ध चुस्त बनाउने र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक होमनाथ रेग्मी, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, आमा समूहका प्रतिनिधिहरू तथा स्थानीय बुद्धिजीवी एवं समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
शान्ति सुरक्षा सुदृढीकरण र प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले राखिएको उक्त नागरिक सुनुवाई कार्यक्रममा जम्मा १२५ जनाको उपस्थिति रहेको थियो।

