जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा प्रहरी सहायक निरीक्षक सुजन अधिकारीको विदाई
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सरूवा हुनुभएका प्रहरी सहायक निरीक्षक सुजन अधिकारीलाई एक विशेष कार्यक्रमका बीच विदाई गरिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यकक्षमा आयोजित ‘बिदाई तथा फेरि भेटौँला’ कार्यक्रममा उहाँलाई मायाको चिनो तथा पुरस्कार प्रदान गरी बिदाइ गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर लगायत उपस्थित अन्य प्रहरी कर्मचारीहरूले अधिकारीलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा एसपी राठौरले अधिकारीको योगदानको प्रशंसा गर्दै उहाँको नयाँ कार्यक्षेत्र र आगामी सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

