एसपी ध्रुव कुमार श्रेष्ठको टोलीले ईप्रका गढवाको अपराध अनुसन्धान शाखाको निरीक्षण
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक धुब्र कुमार श्रेष्ठको टोलीले इलाका प्रहरी कार्यालय गढवाको अपराध अनुसन्धान शाखा, महिला तथा बालबालिका सेवा केन्द्र, प्रशासनिक शाखा, र हिरासत कक्ष (Detention cell) लगायतका सबै महत्त्वपूर्ण शाखाहरूको भौतिक तथा कार्यगत अवस्थाको अनुगमन गरेको छ।
निरीक्षण पश्चात् एसपी श्रेष्ठले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई शान्ति सुरक्षा कायम राख्न, नागरिक सेवालाई चुस्त बनाउन र कानुन कार्यान्वयनमा इमानदार रहन आवश्यक निर्देशन दिनुभएको छ ।

