एसपी नवराज कार्कीको नेतृत्वमा सडक दुर्घटना न्यूनीकरणका लागि दैनिक सवारी चेकिङ
सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन मापसे गरी सवारी चलाउने कार्यविरुद्ध कडाइका साथ चेकिङ गर्दै आइरहेका छौँ। सानो लापरबाहीका कारण अनाहकमा ज्यान गुमाउने अवस्था आउन नदिन सुदूरपश्चिम प्रदेशभर दैनिक रूपमा सरप्राइज चेकिङको व्यवस्था गरिएको छ।
सुदूरपश्चिम प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी नवराज कार्कीको नेतृत्वमा खटिएको टोलीले दैनिक रूपमा सवारी चेकिङ गर्दै कागजातबिना सवारी चलाउने, लापरबाहीपूर्वक सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई पहिलो पटक सम्झाइबुझाइ गर्ने तथा पटक–पटक नियम उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही तथा जरिवाना गर्दै आएको छ।
सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो।
सवारी चालक तथा यात्रु सबैले ट्राफिक नियमको पूर्ण पालना गरी आफू र अरूको जीवन सुरक्षामा ध्यान दिऔँ। सानो सावधानीले ठूलो दुर्घटना रोक्न सक्छ।
ट्राफिक नियम पालना गरौँ, दुर्घटना न्यूनीकरणमा हातेमालो गरौँ।
सुरक्षित यात्रा, सुरक्षित जीवन।

