ओखलढुङ्गा प्रहरी परिसरमा “सहकर्मीसंग एक कप चिया (Tea With Team)” कार्यक्रम
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डिएसपी राज बाबु महर्जनको उपस्थितिमा उक्त कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको सहभागितामा प्रहरी कर्मचारीहरु बिच सामुहिक भावना भातृत्व, शिष्टाचार र सद्भाव अभिवृद्धि गर्ने उदेश्य अनुरुप “सहकर्मीसंग एक कप चिया (Tea With Team)” कार्यक्रम सम्पन्न भएको छ ।
“सहकर्मीसंग एक कप चिया (Tea With Team)” कार्यक्रमले प्रहरी संगठनभित्र आपसी सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।डिएसपी राज बाबु महर्जनको यो नेतृत्वले मातहतका कर्मचारीहरूमा ऊर्जा थप्ने र कार्यक्षेत्रको वातावरणलाई अझ बढी आत्मीय बनाउने विश्वास गर्न सकिन्छ ।

