डीएसपी राज बाबु महर्जनद्वारा सेवा निवृत्त सई खड्ग खड्काको भव्य विदाई
नेपाल प्रहरी संगठनमा आफ्नो जीवनको लामो कालखण्ड व्यतित गरी सेवा निवृत्त हुनुभएका प्रहरी नायव निरीक्षक खड्ग बहादुर खड्कालाई एक विशेष कार्यक्रमका बीच भव्य विदाई गरिएको छ ।
प्रहरी संगठनमा ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाश पाउनुभएका पूर्व सई खड्कालाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डीएसपी राज बाबु महर्जन तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूको सहभागितामा विदाई गरिएको हो ।
विदाई कार्यक्रममा बोल्दै डीएसपी महर्जनले पूर्व सई खड्काले आफ्नो सेवा अवधिभर प्रदर्शन गर्नुभएको कर्तव्यनिष्ठता, उच्च अनुशासन र राष्ट्रप्रतिको समर्पणको प्रशंसा गर्नुभयो । संगठनमा उहाँले पुर्याउनुभएको अमूल्य योगदानको कदर गर्दै उहाँलाई मायाको चिनो र सम्मान पत्र सहित विदाई गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी टोलीले उहाँको बाँकी राष्ट्रसेवा र त्यागप्रति हार्दिक सम्मान व्यक्त गर्दै सेवा निवृत्त जीवन सुखमय, स्वस्थ, दीर्घायु र समृद्ध रहोस् भनी मंगलमय शुभकामना व्यक्त गरेका थिए ।

