प्रहरी सहायक हवल्दार सन्तराम यादव र प्रहरी जवान गुप्त बहादुर सारु उत्कृष्ट प्रहरी घोषित
“Best Police Of The Month” And
“Best Police Instructor Of The Month”
नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नवलपरासीमा कार्यरत प्रहरी सहायक हवल्दार सन्तराम यादव र प्रहरी जवान गुप्त बहादुर सारुले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै कर्तव्यनिष्ठ, बफादार र अनुशासित भई प्रशंसनीय र उल्लेखनीय कार्य गरेको हुँदा निज प्रहरी सहायक हवल्दार र प्रहरी जवानलाई क्रमशः २०८३ साल भदौ महिनाको “उत्कृष्ट प्रहरी” (Best Police Of The Month) र “उत्कृष्ट प्रशिक्षक” (Best Police Instructor Of The Month) घोषणा गरि उक्त गणका प्रमुख एसपी डिल बहादुर मल्लद्वारा प्रमाणपत्र प्रदान गरिएको।

