एसएसपी दिलिप घिमिरेद्वारा परिसरको प्राङ्गनमा बसेर सेवाग्राहीका गुनासा तथा पिरमर्का प्रत्यक्ष रूपमा सुन्नुहुँदै
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेले परिसरको प्राङ्गणमा बसेर सेवाग्राहीका गुनासो र पिरमर्का आफैँ सुन्ने र सेवा दिने कार्य गरिरहनुभएको छ।
जिल्लाको सुरक्षा व्यवस्थालाई नागरिकमैत्री बनाउने र पीडितलाई छिटो न्यायको सुनिश्चितता गर्ने उद्देश्यका साथ उहाँले यो पहलकदमी लिनुभएको हो।
#कार्यालयको कार्यकक्षमा मात्र सीमित नरही परिसरकै खुला प्राङ्गणमा बसेर नागरिकहरूसँग सिधै संवाद गर्ने गरिएको छ।
#सेवा लिन आउने आम नागरिकका समस्या, उजुरी तथा पिरमर्काहरू प्रहरी प्रमुख आफैँले सुनेर तत्काल आवश्यक निर्देशन दिने व्यवस्था मिलाइएको छ।
#यस्तो कार्यले प्रहरी र नागरिकबीचको दुरी कम गर्न तथा प्रशासनिक झन्झट हटाई सेवालाई थप पारदर्शी बनाउन मद्दत पुर्याएको छ । Dilip Ghimire

