आधारभूत प्रहरी कारबाही विधिसम्बन्धी विशेष अनुशिक्षण तालिम सुरु
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्त्वावधानमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आधारभूत प्रहरी कारबाही विधिसम्बन्धी विशेष अनुशिक्षण तालिम सुरु भएको छ।
भदौ १ गतेदेखि सञ्चालन भएको तालिम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको प्रमुख उपस्थितिमा उद्घाटन गरिएको हो।
तालिममा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी ३५ जना प्रहरी कर्मचारी सहभागी छन्।

