अनिवार्य अवकास प्राप्त भएका प्रहरी इन्स्पेक्टर हरी शरण पौडेलको फौजी परम्परा अनुसार भव्य विदाई
नेपाल प्रहरी सेवामा लामो समय रहेर आफ्नो सेवा अवधी पुरा गरी अनिवार्य अवकास जानु भएका प्रहरी निरीक्षक हरी शरण पौडेललाई जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीज्यूले सेवा निवृतभरण पछिको आगमी दिनहरु सफलताको शुभकामना ब्यक्त गर्दै प्रशंसा पत्रले सम्मान गर्नु भई बिदाई गर्नुभएको छ ।
प्रहरी संगठनमा रहँदा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान, प्रदर्शन गर्नुभएको उच्च व्यावसायिकता र इमानदारिताको कदर गर्दै मातहतका अधिकारी तथा सहकर्मीहरूले उहाँलाई फूलमाला, अबिर र मायाको चिनो प्रदान गरी सम्मानपूर्वक बिदाइ गरेका छन्।

