एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यमा इन्द्रजात्राको व्यवस्थापन तथा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया
काठमाडौं महानगरपालिका हनुमानढोका दरबार, दाक चोक स्थित इन्द्रजात्रा व्यवस्थापन समिति, प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र महाँकालस्थानको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यको सभापतित्व एवं प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यमा ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा २०८३ को पावन अवसरमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
जात्रालाई शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्नका लागि सुरक्षा निकाय र स्थानीय समुदायबीच आपसी समन्वय र पूर्वतयारीका विषयमा छलफल गर्नु यस अन्तरक्रियाको मुख्य उद्देश्य रहेको थियो।

