प्रहरी जवान हरि किशोर प्रसाद कुर्मी भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
प्रहरी जवान हरि किशोर प्रसाद कुर्मी भदौ महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषित हुनुभएकोमा हार्दिक शुभकामना।
जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत उहाँलाई उत्कृष्ट कार्यसम्पादनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले प्रशंसा पत्र तथा पुरस्कार वितरण गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय बलरा सर्लाही दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान हरि किशोर प्रसाद कुर्मीलाई हार्दिक बधाई तथा शुभकामना दिई प्रशंसा पत्र तथा पुरस्कार वितरण गर्नु भएको । यस्ता सम्मानले प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र कर्तव्यपालनमा थप उत्प्रेरित गर्न ठूलो मद्दत पुर्याउँछ

