इन्सपेक्टर सन्तोष कार्की भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
एसएसपी दिलिप घिमिरेले काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा कार्यरत प्रहरी इन्सपेक्टर सन्तोष कार्कीलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत समेत गर्नुभएको छ ।
नेपाल प्रहरी संगठनबाट आफुलाई प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा एवं सांगठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन गरी प्रहरी कार्य तथा मानव स्रोत व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ नेपाल प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाइले पुर्याउनु भएको योगदानको उच्च कदर गदै २०८३ साल भदौ महिनाको “Best Police of The Month” को रूपमा यो प्रशंसा-पत्र प्रदान गरिएको छ ।
इन्सपेक्टर सन्तोष कार्की भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल

