‘Police Baton” अन्तर्गत एआईजी सहितको टोलीद्वारा इलाका प्रहरी कार्यालय खैरहनी, चितवनको निरीक्षण
नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा सङ्गठनात्मक सुधारका प्रयासहरूमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३” अन्तर्गत इलाका प्रहरी कार्यालय खैरहनीको निरीक्षण सम्पन्न भएको छ ।
अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी शिद्धी विक्रम शाह लगायतका वरिष्ठ प्रहरी अधिकृतहरु सहितको सदस्यहरुले “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) -२०८३” अन्तर्गत इलाका प्रहरी कार्यालय खैरहनीको निरीक्षण तथा अवलोकन गर्नु भएको थियो ।
निरीक्षण भ्रमणका क्रममा निरीक्षण टोलीले कार्यालयको प्रस्तुतिकरण, कार्यालयका सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिविधि, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था तथा शान्ति सुरक्षाका लागि प्रहरीले गरेका नयाँ अभ्यास तथा नवप्रवर्तनीय कार्यहरू लगायतका विषयमा निरीक्षण गर्नुभए पश्चात कार्यक्रमको अन्त्यमा एआईजी शाहद्वारा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भएको थियो ।

